लुम्बिनी– रूपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम सुरु गरेको छ । ग्रामीण क्षेत्रमा बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि नागरिकलाई प्रोत्साहन गर्न बालिका बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए । बीमा कार्यक्रमबाट बालिकाको उच्च शिक्षामा सहयोग पुग्ने तथा आर्थिकरूपमा कमजोर परिवारलाई केही भए पनि सहयोग पुग्ने […]
काठमाडौँको तारकेश्वर नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । तारकेश्वर नगरपालिकाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदातालाई सही मतदान गर्न सिकाउन आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।नगरपालिकाका निर्वाचन सम्पर्क अधिकृत राजन फुँयालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत सङ्ख्या घटाउन समुदाय र घरदैलो कार्यक्रममार्फत मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।निर्वाचन आयोगद्वारा जारी मतदाता शिक्षा निर्देशिका, २०७९ बमोजिम नगरपालिका
नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त अभियानको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।
प्राधिकरणले यातायात, कृषि, भान्सालगायतका क्षेत्रमा विद्युत् खपत बढाउने उद्देश्यसहित उक्त...
युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा सातै प्रदेशका एक–एक स्थानीय तह छनोट गरी युवामैत्री स्वशासन अभियानले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी...
नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम सुरु गरेको छ । बैंकले उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्न कार्यक्रम सुरु गरेको हो ।...
काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ। दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन थालिएको हो।
तीन दिनसम्म चल्ने खोप...
पर्वत, २० असोज । महाशिला गाउँपालिकामा जिल्लामै पहिलोपटक ‘किचन गार्डेन’ कार्यक्रम सुरु गरिएको छ । महाशिला–५ लुङ्खुदेउरालीमा किचन गार्डेन कार्यक्रम सुरु गरिएको हो । हरेक घरधुरीमा उपभोग हुने तरकारी, फलफूललगायत उत्पादनबाट गाउँ, समाज, वडा र सिङ्गो पालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो । यस वर्षदेखि सुरु भएको कार्यक्रमअन्तर्गत वडा नं ५ का […]
५ फागुन, काठमाडौं । जापानमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपबाट जापानमा कोरोना खोप कार्यक्रम सुरु गरिएको हो । केही दिनअघि जापानले फाइजरको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो । बुधबादेखि जापानले प्राथमिकताको आधारमा कोरोना खोप लगाउन सुरु गरेको हो । कोरोना खोप […]