काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरिएको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने भएका छन् ।
अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार मध्यान्ह १२ बजे आयल निगमको कार्यालय घेराउ गर्ने घोषणा गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् ।