सदस्य सचिवलाई खेलाडीले दिए ६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण र सुझाव पत्र बुझाएको छ । संघले त्रिपुरेश्वरस्थित संघकै कार्यालयमा सदस्य सचिव घिसिङलाई बधाई दिँदै ध्यानाकर्षण पत्र बुझाएको हो । संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघले सदस्य सचिव घिसिङलाई ६ बुँदे ध्यानाकर्षण र सुझाव पत्र बुझाएको हो । […]