आठ महिनामा एक खर्ब ६८ अर्ब ३३ करोडको पेट्रोल, डिजेल र एलपीजी ग्यास भित्रियो

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिना नेपालले साढे एक खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा भारतबाट कूल एक खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख २५ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको हो ।  अ...

सम्बन्धित सामग्री

प्रतिबन्धमा भन्दा पनि कम आयात

काठमाडौं । नेपालको वैदेशिक व्यापारको आकार आयातमा प्रतिबन्ध लागेको बेलाभन्दा पनि घटेको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहीलो महीना पोहोर साउनको तुलनामा वैदेशिक व्यापार घटेको तथ्यांक भन्सार विभागले बुधवार सार्वजनिक गरेको हो ।  प्रतिबन्ध नलागेको अवस्थामा पनि आयात घटेको तथ्यांकले आयातमा निर्भर राजस्व प्रणाली भएको नेपालमा राजस्व संकलन अझै खस्किने संकेत गरेको छ ।  सरकारले आर्थिक वर्ष २०७९/८० को यथार्थको तुलनामा चालू आर्थिक वर्ष २०८०/८१ मा ४८ दशमलव ६२ प्रतिशतले राजस्व (कर र गैरकर) संकलन बढाउने लक्ष्य राखेको छ । अघिल्लो आर्थिक वर्षमा कर र गैरकर गरी ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन गरेको सरकारले यसपालि १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । यही बेला आयात घटेको तथ्यांक सार्वजनिक भएको छ । यसले राजस्वका नयाँ स्रोत खोज्न र अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन अल्छी गर्ने सरकारी निकायहरू साविकका करदातालाई निचोर्न अग्रसर हुने र व्यावसायिक वातावरण थप बिग्रने चिन्ता बढेको छ ।  आन्तरिक आर्थिक गतिविधि सुस्त हुँदा आयात र निर्यात दुवै घटेको हो । भन्सार विभागका अनुसार चालू आवको साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड बराबरको वैदेशिक व्यापार भएको छ । पोहोर साउनमा वैदेशिक व्यापारका आकार १ खर्ब ४६ अर्ब ९ करोड रुपैयाँ बराबर थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष साउनको वैदेशिक व्यापार २ दशमलव २८ प्रतिशत कम हो । साउनमा आयात–निर्यात दुवै घटेको छ । आयात १ दशमलव ५६ प्रतिशतले घटेर १ खर्ब २९ अर्बमा सीमित भएको छ । निर्यात ८ दशमलव ६५ प्रतिशतले घटेर १३ अर्ब ५२ करोड कायम भएको भन्सार विभागले बताएको छ ।  आयात–निर्यात दुवै घट्दा व्यापारघाटा पनि शून्य दशमलव ६६ प्रतिशतले घटेको छ । पोहोर साउनको व्यापारघाटा १ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा यसपालि १ खर्ब १५ अर्बमा ओर्लेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि २०७९ वैशाखमा सरकारले निजी प्रयोजनका जिप कार भ्यान, हीरा, तयारी मदिरा, महँगा मोबाइल, बढी सीसी इन्जिन क्षमताका मोटरसाइकल, खेल्ने तास, केटाकेटीका खेलौनालगायत १० वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । राष्ट्र बैंकले पनि आयात निरुत्साहित गर्ने नीति लिएको थियो । गतवर्ष साउनमा यी दुई कारणले आयात घटेको ठानिएको थियो । यसपालि त्यस्तो अवस्था नभए पनि आयात घटेको छ ।  अहिले विदेशी मुद्रा सञ्चिति सूचक सकारात्मक छ । सरकारले आयातमा लगाएको प्रतिबन्ध पनि हटाएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत आयात कर्जामा सहजीकरण गरे पनि वैदेशिक व्यापार घट्न पुगेको छ ।  साउनमा सबैभन्दा बढी सात अर्ब ३४ करोड रुपैयाँको डिजेल आयात भएको छ । त्यस्तै ५ अर्ब ४४ करोड ५९ लाख रुपैयाँको पेट्रोल, ३ अर्ब ८२ करोडको एलपीजी ग्यास आयात भएको छ । गतवर्षको तुलनामा डिजेलको आयात घटेको छ । पोहोर साउनमा ८ अर्ब ९८ करोड रुपैयाँको डिजेल आयात भएको थियो । पोहोर साउनमा पनि आयातको पहिलो नम्बरमा डिजेल थियो ।  बढी निर्यात भएका वस्तुको सूचीमा अलैंची, कार्पेट तथा आइरन, स्टील अगाडि छन् । साउनमा ९६ करोडको अलैंची निर्यात भएको छ । यस्तै ९५ करोड ६६ लाख रुपैयाँको कार्पेट र ५५ करोड ७३ लाखको आइरन, स्टिल निर्यात भएको छ ।  पोहोर साउनमा पेट्रोलियम पदार्थपछि बढी आयात भएको अप्रशोधित सोयाबिन र पाम आयलको आयात यसपालि घटेको छ ।

पेट्रोलियम पदार्थमा कर : ११ महिनामा सरकारले उठायो १ खर्ब ५ अर्ब

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा सरकारले पेट्रोलियम पदार्थबाट १ खर्ब ५ अर्बभन्दा बढी कर उठाएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्मको अवधिमा पेट्रोल, डिजेल, मट्टितेल, एलपीजी ग्यास र हवाई इन्धनबाट उक्त कर उठाएको हो ।यस अवधिमा नेपालमा विदेशबाट १ खर्ब ४५ अर्ब २१ करोड रुपैयाँको डिजेल आयात भएको छ । ११ महिनाको अवधिमा १६ लाख २ हजार ४०८ किलोलिटर डिजेल आयात भएको हो । यसबाट राज्य कोषमा ५७ अर्ब ९० करोड रुपैयाँ कर गएको छ । सरकारले डिजेलको आयातमा प्रतिलिटर ४९.५३ रुपैयाँ असुल्दै आएक