अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु, चार श्रमिक घाइते

काठमाडौं, ८ वैशाख । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । अक्सिजन भर्ने क्रममा ग्यास विस्फोट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनामा चार जना घाइते भएका छन् । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।