सांग्रिलाले हवाई यात्रुलाई पुस्तक वितरण गर्दै

काठमाडौँ- अन्तर्राष्‍ट्रिय नारी (११२ औं) दिवसको अवसरमा सांग्रिला बुक्सले नि:शुल्क पुस्तक उपहार दिने भएको छ । काठमाडौँबाट विभिन्‍न ठाउँमा जाने पहिलो २ हजार ५ सय हवाई यात्रुलाई पुस्तक प्रदान गर्ने सांग्रिला बुक्सले जनाएको छ । दश लाख रुपैयाँ बराबरको महिला लेखिकाद्वारा लिखित पुस्तक वितरण गरिने बुक्‍सले जनाएको छ ।