धनकुटा – नेपाली हिन्दूहरुको महान् पर्व विजयादशमीको सातौँ दिन धनकुटामा पनि दसैँघरमा फूलपाती भित्र्याइएको छ । धनकुटा नगरपालिका–५ बालमन्दिर बडहरेबाट नेपाली सेनाले ल्याइएको फूलपातीलाई धनपा–६ स्थित निशान मन्दिरको दसैँ घरमा भित्र्याइएको हो । फूलपातीका अवसर पारेर मन्दिरबाट डोलीमा निशान बोकेर बजार परिक्रमा गरी धनकुटाको तल्लो टुँडिखेलमा एक समारोहबीच विशेष पूजा गरी फूलपाती बढाइँ गरिएको थियो […]