बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल-बंगलादेश व्यापारमासमेत परेको हो ।
छिमेकी मुलुक बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधको आन्दोलन उग्र बनेपछि प्रधानमन्त्री शेखर हसिनाले देश छाडेर सोमबार भागेकी छन् । उक्त आन्दोलनको प्रत्यक्ष प्रभाव नेपालसँगको व्यापारमा परेको छ । आन्दोलनका कारण एक सातायता सामान बोकेका २० कन्टेनर सीमा क्षेत्रमा रोकिएका छन् ।