बैशाख १२, काठमाडौं । चितवनको मेघौली विमानस्थल नजिक १२ लाख रुपैयाँमै घडेरी विक्रीमा आएका छन् ।
प्रति १० धुरको १२ लाख रुपैयाँ मूल्य राखेर जग्गाको बुकिङ खुलाएको जग्गा विकास कम्पनी फर्स्ट इन्भेस्टर म्यानेजमेन्ट कम्पनी र इन्क्रिप्टेड क्रियटेर्सले जानकारी दिएका छन् ।
चितवनबाट २३ किलोमिटर दक्षिण मेघौली बिमानस्थलसँगै जग्गा प्लटिङ गरिएको कम्पनीको भनाइ छ । प्लटिङमा २५ फिटे बाटो राखेर ३०० घडेरी विकास गरिएको छ ।
सबै घडेरीको मूल्य न्युनतम १२ लाख रुपैयाँदेखि शुरु हुने कम्पनीले जनाएको छ । बुकिङको लागि अहिले प्रति घडेरी १ लाख रुपैयाँ मागिएको छ । त्यसमा ६ लाख रुपैयाँ ६ वर्षका लागि पशुपति सेभिङ एण्ड को-अपरेटिभबाट कर्जा पाइने छ ।
कर्जाको ब्याजदर ११ प्रतिशत मात्रै तोकिएको छ । ६ लाख रुपैयाँ ऋण लिएर जग्गा किन्दा मासिक ११ हजार ५०० रुपैयाँ किस्ता पर्ने कम्पनीले जनाएको छ ।
१० लाख रुपैयाँ ऋण लिएर जग्गा किन्दा मासिक १९ हजार रुपैयाँ किस्ता पर्ने छ । ब्याजदर समान ११ प्रतिशत नै तोकिएको छ ।
कसैले २० लाख रुपैयाँ कर्जा लिएर जग्गा किनेमा भने मासिक किस्ता ३९ हजार रुपैयाँ पर्ने छ । ब्याजदर ११ प्रतिशत नै रहने छ भने कर्जा भुक्तान अवधि पनि ६ वर्ष नै रहने छ ।
अहिले सहकारी संस्थाले ब्याजदर बढाएर १६ प्रतिशत पुर्याएका बेला पशुपतिले भने ११ प्रतिशतमै कर्जा लगानी गर्ने सहमति गरेको छ । जुन अस्वभाविक लाग्छ ।
१ वर्ष अघि समस्याग्रस्त भएर निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेको सहकारीले धेरै ठाउँमा जग्गामा लगानी गरेको भेटिएको थियो । स्रोत नखुलेको सम्पत्ती भेटिएपछि सहकारी विभागले पशुपतिलाई कारबाही समेत गरेको थियो ।