कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार सात दिनभित्र हटाउन सेवा प्रदायकलाई निर्देशन दिएको छ । अव्यवस्थित र अनावश्यक तारले वीरेन्द्रनगरको सौन्दर्य घटाएको र दुर्घटना निम्त्याउने गरेको भन्दै प्रशासनले त्यस्ता तार हटाई भूमिगत व्यवस्थापन गर्न निर्देशन दिएको हो । जमिनबाट कम उचाइमा रहेका, लत्रिएका, […]