संसद्बाट आउने सोमवार एमसीसी अनुमोदन गर्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव सत्ता गठबन्धनका दुई दलले अस्वीकार गरेका छन्।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले शनिबार बरु सोमबारको प्रतिनिधिसभा बैठक केही दिन सार्न आग्रह गरेका हुन्। । स्थानीय तह निर्वाचनपछि मात्रै एमसीसी अनुमोदन गर्नुपर्ने अडान दुवै जनाले दोहोर्याएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, दाहाल र नेपालबीच शनिबार बालुवाटारमा छलफल भएको थियो।
अमेरिकाले भने एमसीसी छिटो अनुमोदन गर्न 'दबाब' बढाएको छ। सहायक...