बढी भीड हुने सरकारी कार्यालय बिदाको दिन पनि खुल्ने

१५ फागुन, काठमाडौं । सरकारले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु सार्वजनिक बिदाको […]

सम्बन्धित सामग्री

भक्तपुरमा सार्वजनिक बिदाको दिन पनि खुल्छन् यी सरकारी कार्यालय

भक्तपुर- बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन् । गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सार्वजनिक...

भक्तपुरमा सार्वजनिक बिदाको दिन पनि खुल्छन् यी सरकारी कार्यालय

भक्तपुर- बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन् । गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सार्वजनिक...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ। एमाले बाहिरिएसँगै ८ दलीय गठबन्धनले राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको दुई महिनामै अर्थतन्त्रमा सुधार देखिएको दाबी गरेका छन्। मालपोत, राहदानीलगायतका सरकारी कार्यालय बिदाको दिन पनि खुल्ने भएका छन्। क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्च अदालतले अनुमति दिएको छ।

अत्यावश्यक सरकारी कार्यालय बिदामा खोल्ने तयारी

काठमाडौं । सरकारले अत्यावश्यक सरकारी कार्यालय शनिवारबाहेक अन्य सार्वजनिक बिदाका दिन खोल्ने तयारी गरेको छ । पछिल्लो समय सार्वजनिक बिदा धेरै भएको भन्दै जनगुनासो आएपछि बिहीवारको मन्त्रिपरिषद् बैठकमा अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने विषयमा छलफल भएको हो । एक जना मन्त्रीले दिएको जानकारीअनुसार सार्वजनिक बिदाको दिन काम गर्ने कर्मचारीलाई थप सुविधा वा अन्य कुनै व्यवस्था गरेर कार्यालय खोल्ने तयारी छ । सरकारले अत्यावश्यक कार्यालय कुनकुन हुन् भनेर सूची तयार गर्नेछ । सार्वजनिक बिदाका दिन राहदानी विभाग, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालयअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय, खुला राख्ने सरकारको तयारी हो । ‘सार्वजनिक बिदा धेरै भए’ भनेर सार्वजनिक कार्यक्रममा बोलेको केही दिनमै फागुन १ गते जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा घोषणा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना भएको थियो । दाहाल नेतृत्वको सरकारले २ महीनामा पूर्वनिर्धारितबाहेक ३ दिन सार्वजनिक बिदा दिइसकेको छ । गत माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको भोलिपल्ट शोक मनाउन भन्दै सरकारले सार्वजनिक बिदा घोषणा गरेको थियो । त्यसअघि सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई खुशी पार्न सरकारले पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने भन्दै बिदा दियो । दाहालले आफ्नै नेतृत्वमा सशस्त्र संघर्ष शुरू गरेको दिन फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ भन्दै बिदा घोषणा गरेपछि चर्को आलोचना भएको थियो । अहिले दाहालकै इच्छामा सार्वजनिक बिदा घटाउनेभन्दा पनि बिदाका दिन पनि केही कार्यालय खोल्ने तयारीमा सरकार लागेको छ । यसलाई कतिपयले आलोचनाबाट बच्ने दाहालको कूटनीतिक चालको रूपमा बुझेका छन् । बिहीवारको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको काम पूरा नगरी एकतर्फी रूपमा काम छोडेर हिँडेको इटालियन कम्पनी सीएमसीसँग मुद्दा लड्ने निर्णय पनि गरेको छ । विदेशी कानून व्यवसायी राखेर विदेशी अदालतमा मुद्दा लड्ने निर्णय भएको हो । २०७५ पुसमा सीएमसीले ठेक्काअनुसार काम पूरा नगरी इटली फर्किएको थियो भने माघमा सम्झौता तोडिएको थियो । मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने निर्णयसमेत गरेको छ । बुधवार अपरा≈न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त विधेयकलाई फास्ट ट्र्याकमा पास गर्ने गरी अगाडि बढाउने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए । यसअघिको सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजपछि कानूनी जटिलताका कारण संवैधानिक परिषद्को बैठक बस्न समस्या परेको थियो ।   परिषद् निष्क्रिय हुँदा प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिको सिफारिश गर्न समस्या परेको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ अध्यादेशमार्फत पटकपटक संशोधन गर्दै जारी गरेको थियो । उक्त अध्यादेशमा तीन जनामात्र उपस्थित भए पनि बैठकका लागि कोरम पुग्ने व्यवस्था गरेका कारण चर्को आलोचना भएको थियो । उक्त अध्यादेशलाई प्रतिनिधिसभाले पारित नगरेपछि निष्क्रिय भएको थियो ।

गाउँ-गाउँमा बजार अनुगमन हुँदा उपभोक्तामा खुशी

सोलुखुम्बु । उपभोक्तको हित संरक्षण गराउने क्रममा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पछिल्लो समय निकै सक्रिय देखिएको छ । विगतमा सदरमुकाम केन्द्रित हुने बजार अनुगमनलाई पछिल्लो समय स्थानीय तहसँगको समन्वयमा गाउँ केन्द्रित गरेको हाे। प्रशासनले जिल्लाको नेचासल्यान गाउँपालिकाको मुख्य बिहिबारे बजार, माप्यदूधकोशी गाउँपालिका क्षेत्रका बजारको अनुगमन गरेको हो । शनिबार सरकारी कार्यालय बिदाको दिन पारेर प्रमुख […]

भीमसेन थापाको जन्मजयन्तीमा गोरखामा सार्वजनिक बिदा

गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीमसेन थापाको जन्मजयन्तीको अवसरमा आज गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय विभूति थापाको २४७ औं जन्मजयन्तीको अवसरमा  पालिकाभित्र सार्वजनिक बिदा दिइएको त्यहाँका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।“यो गाउँपालिका थापाको जन्मथलो भएकाले उनको सम्झना र सम्मानमा आज जन्मजयन्तीको अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो,” उनले भने । सार्वजनिक बिदाको दिन पालिका अन्तर्गतका सबै सरकारी कार्यालय, सङ्घसंस्था बन्द हुने गा

वर्ष २०७९ सालमा शनिवार बाहेक ४३ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौँ । नेपाल सरकारले आगामी वर्ष शनिवार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवार बाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ […] The post वर्ष २०७९ सालमा शनिवार बाहेक ४३ दिन सार्वजनिक बिदा (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

वर्ष २०७९ सालमा शनिवार बाहेक ४३ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौँ । नेपाल सरकारले आगामी वर्ष शनिवार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवार बाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ […]

बिदामा कार्यालय खोल्नेबारे छलफल

सार्वजनिक बिदाको दिन अत्यावश्यक सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषद्मा छलफल भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा शनिबारबाहेकका सार्वजनिक बिदामा प्रत्यक्ष सेवाग्राहीसँग जोडिएका अत्यावश्यक तथा महत्त्वपूर्ण सरकारी कार्यालयहरू खुला राख्ने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो। सार्वजनिक बिदा धेरै भएको भन्दै सार्वजनिक रूपमा आलोचना हुन थालेपछि सरकारले उक्त विषयमा छलफल गरेको हो।