आयोजक ताजाकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको एएफसी यु–२३ एसियन कप छनोट यात्रा समूह चरणमा सीमित बनेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा बिहीबार नेपाल आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा समाप्त भएको हो ।खेलको सुरुआतबाट ताजिकिस्तानको दबाबमा खेलेको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा थप ३ गोल खाएको थियो । समूह ‘बी’ मा लगातार दोस्रो हारपछि नेपालको छनोट चरण पार गर्ने लक्ष्यमा पूर्णविराम लागेको हो । यता नेपालमाथिको जितपछि त