आकाश खुल्यो तर प्रदूषण उस्तै

काठमाण्डाै - देशका धेरैजसो ठाउँमा मौसम सफा भएसँगै आकाश खुलेको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिमका उत्तरी क्षेत्रको आकाशमा मात्रै बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश-१, प्रदेश-२, लुम्बिनी र वाग्मतीमा मौसम खुलेको हो । काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।विगत केही दिनदेखिको तुवाँलोका कारण देशभरको मौसम प्रभावित बनेको थियो। केही दिनयता परेको पानी र बेलुकीपख चलेको हावाले ...

सम्बन्धित सामग्री

जब आकाश खुल्यो : सधैँ नदेखिने काठमाडौँका सुन्दर १६ फोटो :: Pahilopost.com

केही दिनको वर्षापछि आइतबार काठमाडौँले घमाइलो दिन पायो। धूलो, धुँवा र प्रदूषण पखालिएपछि काठमाडौँको आकाश मजाले खुल्यो। नीलो आकाश अनि पृष्ठभूमिमा गौरीशंकर हिमाल र जुगल हिमालसमेत। अरु बेला हत्तपत्त देखिँदैन यस्तो दृश्य। काठमाडौँबाट यस्तो दृश्य हेर्नका लागि यस्तै आकाश खुलेको दिनको प्रतीक्षा गर्नुपर्छ। हेर्नुस् प्रवीण रानाभाटको क्यामेराको लेन्समा कैद