मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत २०७८ चैत १५ गते र २०७९ असार ९ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  प्रदेश–१ मा ६१ सिटको लागि लिइएको परीक्षामा ७० जना पास भएका छन् । विषयगत लिखित परीक्षामा ११६ जना सम्मिलित थिए । त्यस्तै मधेश प्रदेशबाट ३२ सिटका लागि लिइएको परीक्षामा २३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । परीक्षामा २६ जना मात्र सहभागी थिए ।  त्यस्तै बागमती प्रदेशमा ३६