काठमाडौँ / ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो । लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई...