देशैभरका ११ उपमहानगरपालिकामध्ये अधिकांशमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले मेयर र उपमेयरका उम्मेदवार टुङ्गो लगाएका छन् । केहीमा भने उम्मेदवार टुङ्गो लाग्न बाँकी छ ।स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । लुम्बिनी प्रदेश अन्तर्गत घोराही र तुलसी उपमहानगरमा दुवै पक्षले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लागिसकेको छ । गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा र उपमेयरमा नेपाली काँग्रेसका भुपबहादुर डाँगी उम्मेदवार बनेका छन् ।यस्