लैगिंक हिंसा, घरेलु हिंसा वा अन्य हिंसाबाट पीडित महिलाहरुका लागि अल्पकालीन सुरक्षीत आश्रय गृह संचालनमा आईरहेकोमा त्यसलाई ब्यवस्थित गर्न भन्दै सोमबार रोल्पा सदरमुकाम लिवाङमा सरोकारवाला बीच बृहत छलफल गरिएको छ ।
काठमाडौं । महिला आश्रय गृहहरुको प्रथम राष्ट्रिय सम्मेलनले आश्रय गृह सञ्चालनका लागि साझा मापदण्डका लागि १७ बुँदे घोषणापत्र जारी गरेको छ । ‘आश्रय गृहको सेवाः सशक्तीकरणमा टेवा’ भन्ने नाराका साथ काठमाडौंमा आयोजित तीनदिने सम्मेलनमा सात प्रदेशबाट सहभागी आश्रयगृहका प्रतिनिधि सहभागी थिए । सम्मेलनले लैङ्गिक हिंसा पीडित वा प्रभावित महिलाका लागि आवश्यक एकीकृत सेवाहरू (शारीरिक उपचार, […]
लैङ्गिक हिंसा पीडित र प्रभावितहरूका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा आइतबारदेखि सम्मेलन सुरु भएको हो ।