काठमाण्डाै - वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ ।
आज बिहानैदेखि तलेजु भवानीको मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको हो । काठमाण्डौको हनुमानढोका दरबारमा रहेकाे तलेजु भगवतीको मन्दिर वर्षको एकदिन आज महानवमीको दिन मात्रै खुल्ला हुन्छ ।
विजया दशमीको अवसरमा खुल्ला गरिने तलेजु मन्दिरमा आजको दिन लामबद्ध भएर दर्शनका लागि बसेकाहरु सबैलाई दर्शन र पूजाआराधना गर्न दिइने बताइएको छ ।
कोरोना महामारीको जोखिमका कारण गएकाे वर्ष आम नागरिकहरुलाई दर्शनका लागि खुल्ला नगरिएको तलेजु भगवती...