राष्ट्रपति भण्डारीको कदम : मधेसी एमालेलाई होला त हजम ?

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि त्यसको चौतर्फी आलोचना भइरहँदा मधेसमा विरोधका कार्यक्रम नै सुरु भएको छ । सीके राउत नेतृत्वका जनमत पार्टीलगायत अन्य दलहरुले मधेसमा राष्ट्रपति भण्डारीको विरोध गरिरहेका छन् ।राष्ट्रपति भण्डारीको कदमलाई नेकपा एमालेले समर्थन गरेको छ । राष्ट्रपतिले यो कदम एमालेकै सल्लाहमा चालेको अधिकांशको बुझाई छ । त्यही भएर तराई मधेसमा राष्ट्रपति भण्डारीका साथै एमालेको पनि विरोध भइरहेको छ । पछिल्लो समय एमालेले मधेससँग सम्बन्ध सुधारिसकेको थियो