कमल थापाले चुनाव हारे, राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई हराउदै लिङ्देन अध्यक्ष पदमा विजयी भएका हुन् ।आज बिहान समपन्न मत गणनामा लिङ्देनले थापालाई २ सय मत अन्तरले हराएका हुन् । लिङ्देनले १ हजार ८ सय १७ मत पाए भने कमल थापाले १ हजार ६ सय १७ मत पाए । ४३१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।चुनाव हारेपछि कमल थापाले लिङदेनलाई बधाई दिएका छन्  । उनले सामाजिक संजालमा लेखेका छन् 'प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना। प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।' नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

सम्बन्धित सामग्री

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता

काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता भएको छ। राष्ट्रियसभा गृहमा मंगलबार आयोजित एक समारोहबीच पार्टी एकीकरण गरिएको हो। कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा साबित हुने बताए। यस्तै मोर्चाका नेता तारानाथ लुइँटेलले हिन्दु राष्ट्रको मुद्दा लिएको राजेन्द्र लिङ्देन […]

नीतिविपरीत सत्तामा गयो राप्रपा : कमल थापा

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनले पारित गरेको नीतिविपरीत राप्रपा सत्तामा गएको टिप्पणी गरेका छन्।हेटौंडामा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले आफूलाई सरकारमा गएर गल्ती गर्‍यो भन्नेहरू नै महाधिवेशनले पारित गरेको नीतिविपरीत सत्तामा गएको टिप्पणी गरेका हुन्।उनले भने‚ ‘राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्‍यो? शक्तिशाली ठाउँ त महाधिवेशन हो, महाधिवेशनले पास गरेको नीतिविपरीत राप्रपा सत्तामा किन गयो ?,उनले प्रश्न गरे।राप्रपा अध्यक्ष र

आम निर्वाचनमा राप्रपासँग पनि तालमेल हुनसक्छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग पनि आम निर्वाचनमा तालमेल हुनसक्ने बताएका छन् । आवश्यकताका आधारमा सीमित प्रदेश र संघीय निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको र सोअनुसार जुनसुकै पार्टीसँग पनि चुनावी तालमेल गर्न सकिने उनको भनाइ छ । मंगलबार पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘चुनावी तालमेलका लागि सबै दलहरूसँग संवादको ढोका खुला राखेका छौँ । राप्रपासँग पनि सह

कमल थापा एमालेमा विलय हुने प्रक्रियामा : राजेन्द्र लिङ्देन

३० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व अध्यक्ष कमल थापाले नेकपा एमालेसँग गरेको गठबन्धनको सहमतिलाई एमालेमा बिलय हुने प्रक्रियाको सुरुवात भएको टिप्पणी गरेका छन् । ‘एमालेमा जाने पूर्व सहमति हो यो,’ लिङ्देनले अनलाइनखबरसँग भने, ‘एउटै चिह्न लिएर लडेपछि त्यो एमालेकै मान्छे हुन्छ नि । एमालेको चुनाव चिह्न लिएर उहाँ […]

पराजित भएपछि कमल थापाले भने - धन्यवाद ज्ञानेन्द्र शाह, राजाको भलो होस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् । पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् । यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका

राप्रपा महाधिवेशनः लिङ्देन एक सय मतले अगाडी

काठमाडौं, मंसिर १९। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मध्ये राती सम्म भएको मतदानको मतगणना अझै जारी रहेको छ । अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देन र कमल थापा बीच टक्कर देखिएको छ । १४ सय मत गणना गर्दा लिङ्देन सात सय ४० मत प्राप्त भएको छ भने कमल थापाले ६ सय ६१ मत प्राप्त गरेका छन् […]