महामारीको समय फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई बारबरा फाउन्डेशनले कोभिड १९ विशेष सम्मान प्रदान गर्ने भएको छ । बारबरा फाउन्डेशनका अध्यक्ष डाक्टर सन्दुक रुइतका अनुसार फाउन्डेशनले संस्थागत विधातर्फ सातवटा संस्थालाई सम्मान गर्दैछ । जसमा भारतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा छन् । यसैगरी, फाउन्डेशनले २० जना चिकित्सकलाई जनही नगद २