काठमाडौं । शेयर बजार लगातार उकालो लाग्दा सरकारले वर्षभरिमा उठाउने पुँजीगत लाभकर भन्दा बढी लाभकर एकै महिनामा उठाएको छ । सत्ता समीकरण बदलिएसँगै शेयर बजारको अंक समीकरण बदलिएको छ । जसका कारण लगानीकर्तालाई मात्र होइन सरकारलाई पनि फाइदा भएको छ । नेप्सेको अंक मात्रै बढेको छैन, बजारमा कारोबार पनि बढेको छ । अहिले दैनिक जसो […]
वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत एक करोड ५० लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा ट्राफिक नियम […]
२८ माघ, काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले राजस्व संकलन लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म सरकारले कुल ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १०३ प्रतिशत प्रगति हो । यस अवधिमा ५ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ […]
बैंकहरुमा लगानीयोग्य रकमको अभाव रहेको बेला घरजग्गा कारोबार भने ह्वात्तै आकाशिएको छ । बैंकहरुमा तरलता अभाव रहेकै समयमा मंसिर महिनामा घरजग्गा कारोबार एकाएक बढेको हो । मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट ६९ हजार ४१२ घरजग्गा किनबेच भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा भएको कारोबार संख्या कात्तिकको तुलनामा १९ हजार ३२९ ले बढी हो । असोजको तुलनामा कार्तिकमा सुस्ताएको घरजग्गा कारोबार मंसिरमा आउँदा बढेको हो । कारोबार बढेसँगै मंसिरमा राजश्व संकलन पनि बढेको छ । मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख राजस्व उठेको छ । मंसिरमा संकलन भएको कुल राजश्व कार्तिकको तुलनामा १ अर्ब ५७ करोड १३ लाखले बढी हो । असोजको तुलनामा कार्तिकमा १ अर्ब ८३ करोड ५० लाखले घटेर ५ अर्ब ४९ करोड ५१ लाख राजस्व संकलन भएको थियो । मंसिरमा रजिष्ट्रेशन शुल्कवापत ४ अर्ब २२ करोड ७९ लाख, पूँजीगत लाभकरबाट १ अर्ब ६७ करोड ८४ लाख, सेवा शुल्कबाट २६ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।