पशुपतिमा सुनको जलहरी राख्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश, राष्ट्रपतिको उपस्थितिमा दिउँसै राखियो

काठमाडौं : सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो। भण्डारीको इजलासले यसमा प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालयसँग लिखित जवाफ पनि मागेको छ। साथै छलफलका लागि दुबै पक्षलाई फागुन १७ गते बोलाएको छ।…