हाकिमबाट हैरान महिलाले गरिन् कम्पनीमा हंगामा, १४ करोडको घाटा

कतिपय कर्मचारी हाकिमको व्यवहार सहेर बसेका हुन्छन् । छुचो व्यवहार गर्दा समेत जागिरको लोभमा कर्मचारीले सहेर बस्नुपरेको हुन्छ । तर थाइल्यान्डमा भएको एक घटनामा महिला कर्मचारीले हाकिमको व्यवहारबाट दिक्क भएर कम्पनीलाई १४ करोड घाटा लाग्ने काम गरेकी छन् । हाकिमको व्यवहारबाट दिक्क भएकी महिलाले इन्धन भण्डारण कक्षमा आगो लगाइदिएकी छन्, जसबाट कम्पनीलाई १४ करोड बढी घाटा भएको छ । गत ९ वर्षदेखि कम्पनीमा काम गरिरहेकी ३८ वर्षीया एन श्रिया आफ्ना ६५ वर्षीय हाकिमको व्यवहारबाट दिक्क थिइन् । यत्तिकैमा यी महिलाले कम्पनीको भण्डारण पक्षमा आगो लग...