१९ वैशाख, सिरहा । सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमलाको पुल नजिक बनाइएको अस्थायी डाइभर्सन पुन: भत्किएको छ । डाईभर्सन भत्किँदा दुई जिल्लाबीचको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ ।
केही दिनअघि सामान्य वर्षाले क्षति पुर्याएको …
तेहरान– इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड दिएको जनाएको छ। इरानी न्यायपालिकाको आधिकारिक वेबसाइटका अनुसार यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचर निकायलाई सहयोग पुर्याउँदै जासुसी गरेको अभियोगमा दोषी ठहर गर्दै शनिबार मृत्युदण्ड कार्यान्वयन गरिएको हो। अदालतका अनुसार करिम्पोरले सुरक्षासम्बन्धी संवेदनशील तथा सैन्य स्थानहरूको तस्बिर खिचेर मोसादका अधिकारीसम्म पुर्याएको अभियोग प्रमाणित भएको जनाएको […]
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ आज जारी गरेका हुन् ।