चालु आर्थिक वर्षको १० महिना अर्थात साउनदेखि वैशाखसम्म चितवन राष्ट्रिय निकुञ्जले पर्यटनमार्फत २६ करोड ७१ लाख ५३ हजार ५० रुपैयाँ राजस्व आम्दानी गरेको छ । चितवन निकुञ्ज दुर्लभ वन्यजन्तु ठूलो एकसिंगे गैंडा, पाटो बाघ, घडियाल गोहीलगायतका जीवजन्तुको नेपालमा मुख्य बासस्थल हो । नेपालको पहिलो निकुञ्ज चितवन निकुञ्ज वन्यजन्तु पर्यटनको मुख्य गन्तव्यसमेत हो ।