नेपाली कांग्रेस संस्थापनइतरका नेता डा.शेखर कोइरालाले यस पटकको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्न आवश्यक नै ठानेनन् । सभापति शेरबहादुर देउवालाई उही कुरा कति पटक दोहोर्याउने भनी केन्द्रीय समितिमा विचार राखेनन् । सभापतिसँग नजिकिएको भन्दै आलोचना खेपेका डा.शेखरको पछिल्लो समय देउवासँग दूरी बढेको उनका अभिव्यक्तिले देखाउँछ । सम्मानजनक हिस्सेदारीको मुद्दालाई उनले जोडसँग उठाउन पनि थालेका […]