सरकारले गरेको निषेधज्ञाको समयमा कोरोना भाइरस (कोभिड १९) बारे कुनै पनि गुनासो भए तत्काल कार्यान्वय गर्ने गरी संयन्त्र खडा गरेको माननीय उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ । भाइरस सङ्क्रमणसँग सम्बन्धित कुनै पनि समस्या तुरुन्तै समधान गर्न २४ घण्टा खुल्ला हुने गरी संयन्त्र तयार रहेको पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिनुभयो ।