बागलुङ : बुधबार साँझ अवरुद्ध भएको जोमसोम–मुक्तिनाथ सडक सञ्चालनमा आएको छ।मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा बुधबार साँझदेखि सडक अवरुद्ध बनेको थियो।दुई पालिकाको सिमाना पान्डाखोलानजिक पूर्वतर्फको लुप्रा पान्डाखोलाको बाढीले धार परिवर्तन गरी दक्षिणतर्फको मुख्य राजमार्गअन्तर्गत सडकमा सोझिँदा सडक अवरुद्ध बनेको थियो। बाढीले करिब २० मिटर सडक कटान गरेर क्षति पुर्याएको थियो।आज (बिहीबार) बिहानदेखि