मंगलबार इस्तानबुलमा रुस र युक्रेनबीच भएको शान्तिवार्तामा २४ फेब्रुअरीमा सुरु आक्रमण सुरु भएपछि पहिलोपटक प्रगतिको संकेत देखिएको छ ।आफूहरुले युक्रेनमा सैन्य युद्ध अभियानलाई निकै कम गर्ने रुसले बताएको छ । तर रुसको यो बचनको विषयमा पश्चिमी देश आश्वस्त छैनन् र यसमाथि आशंका व्यक्त गरिरहेका छन् ।टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले इस्तानबुलमा आफ्नो कार्यालयमा रुस–युक्रेनबीच यो वार्ताको आयोजना गरे ।रुसले यो शान्तिवार्तामा उनीहरुले किभ र चेयरनिवमा आफ्नो हमलालाई निकै कम गर्ने बताएका छन् ।