जुम्लामा ७६ किमि नयाँ ट्रयाक सडक निर्माण

पूर्वाधार विकास कार्यालय जुम्लाको भौतिक प्रगति ९४ प्रतिशत भएको छ । गत आर्थिक २०७७/०७८ मा कोरोनाकहर, निर्माण व्यवसायीको ढिलासुस्तीका बीच पनि कार्यालयको सक्रियाताले पूर्वाधार विकासमा उल्लेखनीय रूपमा ९४ प्रतिशत भौतिक प्रगति भएको हो । जिल्लाका सबै विकासे कार्यालयभन्दा पूर्वाधार कार्यालयको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक भएको पाइएको छ । भौतिक प्रगतितर्फ गत आवमा मात्रै पूर्वाधार […]

सम्बन्धित सामग्री

कर्णाली समृद्धिको मार्ग कर्णाली करिडोर

जुम्ला– राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर हालसम्म करिब २६३ किमि सडक निर्माण भएको छ । एक दशकदेखि निर्माणाधीन यो आयोजना कठिन भूगोलका कारण सुस्त गतिमा निर्माण भइरहेको छ । कुल २६८ किलोमिटर लम्बाइको सो सडकमा हालसम्म २६३ किमि सडकको ट्रयाक निर्माण भइसकेको छ भने अब बाँकी पाँच किलोमिटर सडकको ट्रयाक खोल्नमात्रै बाँकी रहेको आयोजनाले जनाएको […]

हुम्लामा सडक निर्माण तीव्र

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका गाउँगाउँमा सडक निर्माणकार्य तीव्र पारिएको छ । बाटो भए विकास निर्माणका सामग्रीलगायत जीवनयापनमा सहजता हुने भएकाले हुम्लाका सातै गाउँपालिकामा सडकको ट्रयाक खोल्न लागिएको छ । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको ९५ किमिमध्ये चीनको सीमा नाम्खा गाउँपालिकाको हिल्साबाट ओखरथलासम्म ७१ र सिमिकोटदेखि हेप्काखोलासम्म १५ किमि सडकको ट्रयाक खुलिसकेको छ ।

गमगढी–तिब्बत सडक निर्माण सुस्त

गमगढी–नाक्चेनाग्ला–तिब्बत जोड्ने सडक निर्माण सुस्त भएको छ । २०६७ देखि निर्माण सुरु भएकामा अहिलेसम्म १० करोड खर्च भइसकेको छ । ७० किमि सडकको १५ किमि मात्र ट्रयाक खोलिएको छ ।