स्वास्थ्यका समस्याका विषयमा कर्मचारी युनियनको ध्यानाकर्षण पत्र
नेपाल निजामती कर्मचारी युनियन विभागीय कार्य समितिले स्वास्थ्यका कर्मचारीको विभिन्न समस्याहरुबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ध्यानाकर्षण गराएको छ।
१९ असार, काठमाडौं । मुख्यालय धितो राखेर ऋण झिक्न आयल निगमले थालेको प्रक्रिया तत्काल रोक्न कर्मचारी युनियनहरुले माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई ध्यानाकर्षण पत्र लेख्दै निगममा सक्रिय दुई वटा कर्मचारी युनियनहरुले ऋण झिक्ने प्रक्रिया तत्काल रोक्न माग गरेका हुन् । सन्दिप बराल नेतृत्वको आयल निगम स्वतन्त्र कर्मचरी युनियन र […]
नेपाल विद्युत प्राधिकरणले करारमा कर्मचारी नियुक्त गर्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले पुस १ गते दरखास्त आह्वान गर्दै ४० जना अधिकृतस्तर र ३०९ जना सहायक स्तरका गरि कुल ३४९ जना कर्मचारी करारमा नियुक्त गर्नको लागि आवेदन खुलाएको थियो । प्राधिकरणले १ वर्षको लागि कर्मचारी करारमा लिन लागेको थियो ।उक्त भर्ना प्रक्रिया प्राधिकरणले आज पुस ६ गते रद्द गरेको छ । ५ दिनको अवधिमा आवेदन दिएकालाई पैसा फिर्ता हुने प्राधिकरणले जनाएको छ । पैसा फिर्ता गरिने बारेको सूचना प्राधिकरणको वेबसाइटमा प्रकाशन गरिने उल्लेख छ । प्राधिकरणले विशेष कारणवश भर्ना रद्द गर्नु परेको जनाएको छ । तर युनियनहरुको दबाब थेग्न नसकेर प्राधिकरणले भर्ना रद्द गरेको हो । प्राधिकरणले सूचना निकाले लगत्तै प्राधिकरणका कर्मचारी युनियनहरुले विरोध जनाएका थिए । युनियनहरुले भर्ना प्रक्रिया रद्द गर्नको लागि आज पुस ६ गतेसम्मको अल्टिमेटम प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिएको थियो । भर्ना रद्द नगरे आजदेखि आन्दोलन थाल्ने तयारीमा युनियन थिए । प्राधिकरणले आज नै भर्ना रद्द गरेको हो । प्राधिकरणका ३ वटै युनियनहरु नेविप्रा कर्मचारी कल्याण परिषद्, नेविप्रा कर्मचारी संघ, र नेविप्रा राष्ट्रिय कर्मचारी युनियनले पुस २ गते कार्यकारी निर्देशक घिसिङलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा उनीहरुले 'लोकसेवा आयोगबाट पदपूर्तिको नियमित प्रक्रिया शुचारु भई केही स्थायी कर्मचारीहरु नियुक्ति समेत भईसकेको र अन्य अन्र्तवार्ताको प्रक्रियामा रहेको अवस्थामा गरिएको करारको विज्ञापन लोकसेवा आयोगको विद्यमान व्यवस्था र मर्मको समेत विरुद्ध भएकोले उक्त विज्ञापन खारेज गरी रिक्त रहेका पदहरुमा स्थायी पदपूर्तिबाट कर्मचारी नियुक्त गर्न तथा व्यवस्थापकिय हिसावले प्राधिकरणलाई दिर्घकालिन रुपमा असर पार्ने तथा हालको जनशक्ति ब्यबस्थापनमा देखिएका कमी कमजोरीहरुलाई सुधार गदै ब्यबस्थित गर्न र विद्युत प्राधिकरणमा योग्य र दक्ष जनशक्ति पलायन हुने अवस्थाको सामुल अन्त्य गरी यही २०७८/०९/०६ सम्ममा उक्त विज्ञापन बदर गर्न ' माग गरेका थिए । युनियनहरुका अनुसार हाल नेपाल विद्युत प्राधिकरणमा ८१६३ जना स्थायी कर्मचारीहरु मध्ये केही दक्ष जनशक्ती जिम्मेवारी विहिन अवस्थामा छन् । लामो समय देखी दैनिक ज्यालामा कार्यरत २८१३ जना तथा गोटा गन्तीका ६२२ जना कर्मचारीहरुको उचित व्यवस्थापन हुन सकिरहेको छैन भने सेवा करार प्रकृया मार्फत समेत प्रयाप्त कामदार/कर्मचारी कार्यरत रहेका छन् । स्थायी, म्यादी, करार, ज्यालादारी, गोटागन्ती र सेवा करारका समेत गरी झण्डै १४ हजार कामदार/कर्मचारीहरु प्राधिकरणमा कार्यरत छन् ।