१९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पेट्रोल पम्पहरुलाई ४५ दिनभित्र शौचालय सञ्चालन गर्नु पर्ने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलका अधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरुको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको […]
सिमकोट- हुम्लाको नाम्खा गाउँपालिका- ५ मा रहेको यारी प्रहरी चौकीको कार्यालय भवनलाई पालले छोपेर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। माटोले छापेको भवनमा पानी पर्दा चुहिने समस्या भएको कारण पालले ढाक्नु परेकाे हाे। यारी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक तेजेन्द्र ऐरीले बर्खाभरि पालले छोपेर प्रहरीचौकी भवनमा बस्नु परेको जानकारी दिए। प्रहरी चौकी व्यक्तिकाे घरमा भाडामा बस्दै आइरहेकाे […]
वीरगञ्ज – बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी काराखानालाई सञ्चालन गर्न पर्सा किसानले माग गरेका छन्। चिनी कारखाना सञ्चालन गर्नुपर्ने भन्दै यहाँका किसान र किसान संगठनले बुधबार उधोग बाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन। सरकारका उधोग बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई उनको निवासमै पुगेर किसान संगठनले चिनी कारखाना सञ्चालन गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र […]
अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक विद्यालयमा योग र ध्यान कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री शर्माले आधा घण्टामात्र भएपनि प्रत्येक विद्यालयमा योग कक्षा सञ्चालन गर्नुपर्ने बताए । शनिबार गौतम बुद्ध जीवन योग प्रयोगशालाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस वर्षको बजेटमा समेत विद्यालयमा योग कक्षा सञ्चालन गर्ने विषयलाई समेटिएको बताए ।उनले भने, ‘यो वर्षको बजेटको एउटा बुँदामा यसलाई पनि उल्लेख गरेको छु । अब प्रत्येक विद्यालयमा य
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्। उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुविकरण भइरहेको उल्लेख गर्दै आफूहरु प्रगतिशिल, देशभक्त […]
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सातवटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताएका छन् । बुधबारबाट काठमाडौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशव्यापी रूपमा तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउन खेल प्रशिक्षकको भूमिका महत्वपूर्ण रहने […]
नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आफूले रुपान्तरण र परिवर्तनको पक्षमा मत मागेर विजयी भएको बताउँदै अब पार्टीभित्र रुपान्तरण अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्।
उपसभापति गुरुङले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने पनि बताए । विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा आफू रहेको उनको भनाइ थियो ।
उनले महाधिवेशनको सन्दर्भमा चुनावी प्यानल बनेपनि विजयी भ...
गोङ्गबुस्थित नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । “नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी तयार छन्”,