बिइङ ह्युमनले छोपेको बख्रेलको कालो कर्तुत: ‘नक्कली’ रक्सीदेखि लागूऔषध कारोवारसम्म

महानगरीय प्रहरी अपराध महाशाखाले २९६ कार्टुन रक्सीसहित ४ जनालाई पक्राउ गरेको छ । महाशाखाले पर्साका ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ का ३० वर्षीय शैलेश पन्त, पर्सा सुवर्णपुरका २८ वर्षीय रविन पाख्रिन र सर्लाही बरहथवा नगरपालिकाका ३८ वर्षीय नारायणप्रसाद घिमिरेलाई पक्राउ गरेको हो ।  उनीहरूले आन्तरिक राजश्वको अन्त:शुल्क नटाँसिएको अर्थात् राजश्व छली गरेको रक्सी बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए । प्रहरीले रेड लेबल...

सम्बन्धित सामग्री

बिइङ ह्युमन नेपालका सञ्चालक लागूऔषध मुद्दामा जोडिए

१७ माघ, काठमाडौं। बिइङ ह्युमन क्लोथिङ नेपालका सञ्चालक सन्तोषचन्द्र बख्रेल लागूऔषध सम्बन्धी कसूरमा पनि मुछिएका छन् । प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले राजश्व छली गरी ल्याइएका मदिरासहित बख्रेललाई पक्राउ गर्दा उनी लागूऔषध मुद्दाको पनि फरार प्रतिवादी भएको खुलेको हो । बलिउड अभिनेता सलमान खानको च्यारिटी कम्पनीले चलाएको बिइङ ह्युमन क्लोथिङ नेपालमा राजु थापाले चलाउँदै […]