पशुपतिमा तीज मेला (फोटो फिचर)

हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाइरहेका छन् । तीजमा व्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरु तीजको गीत गाउँदै नाचगान गरिरहेका छन् । रंगीबिरंगी बस्त्रमा सजिएका महिलाहरुको…