काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोक्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोकिनुपर्ने बताएका हुन्। उनले फ्री भिसा फ्रि टिकट भनिएपनि दुई लाख रुपैयाँसम्म लिएर विदेश पठाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण […]