मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा (जनशक्ति तथा उपकरण) प्रदान गर्दै आएको जनाउँदै उनीहरुले अगामी दिनमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखा पर्दै गएको मस्तिष्क र नसा रोग न्यूनीकरण गर्न सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे ।हस्पिटलद्वारा निरन्तर चिकित्सा शिक्षा शृङ्खला अन्तर्