काठमाडाैं : चुनावी परिणामहरू आइरहँदा महानगरपालिका र उपमहानगरपालिकामा भने नेकपा एमाले तुलनात्मक रुपमा कमजोर देखिएको छ। ६ महानगरमध्ये अघिल्लो पटक काठमाडौं र पोखरामा जितेको एमालेले यसपालि महानगरमा भने शून्य देखिने भएको छ।परिणाम आएका र मतगणना चलिरहेका महानगरमा एमाले कमजोर देखिएको छ।यस्तै ११ उपमहानगरमा २ वटा जितेको एमालेले एउटामा मात्र अग्रता लिएको छ। महानगर र उपमहानगरमा कांग्रेसलाई अघिल्लो चुनावको तुलनामा फाइदा पुगे पनि यो पटक स्वतन्त्र उम्मेदवारको रजगज बढेको छ।६ महानगरपालिका र ११ उपमहानगर