ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौं उपत्यकामा फोहोरमैलाको उचित व्यवस्थापन नगरेसम्म वाग्मती नदी सफाई नहुने बताएका छन् । वाग्मती सफाई महाअभियानको २ सय २१ औं हप्ता पुगेको अवसरमा शनिबार आयोजित विशेष कार्यक्रमलाई संबोधन गर्दै उनले नदी किनारमा सफा गर्नुअघि उपत्यकाको ढल, फोहोर र दुर्गन्ध व्यवस्थित गर्नुपर्ने बताए ।