काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिनुभएको छ । नव गठीत नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका उहाँले आज राजीनामा दिनुभएको हो । खनालले हिजो बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थति भएर नवगठति नेकपा एकीकृत समाजवादीमा जाने पक्षमा सनाखत गर्नुभएकाे थियो ।