काठमाडौँ – सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ। सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ई-पासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ। ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन्। परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए। […]