प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्रीफायर अनलाइन खेलहरू तत्काल बन्द गर्न माग गरेकी छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले यस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मानसिक समस्याको संकेत देखिएको बताइन् ।
‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोरकिशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ,’ उनले भनिन्, ‘इन्टरनेट प्रयोगकर्ता बढेको छ, यो खुसी हो तर पब्जी र फ्रीफायर जस्तो खेलको लतमा फसेको उनीहरूमा देखिएको डराउने, झस्किने, जिद्दीपना जस्...