काठमाण्डाै – निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण सङ्घले आराेहणमा जाने पर्यटन मजदुरहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । आज साेमवार नेपाल पर्वतारोहण सङ्घको प्राङ्गणमा भएको कार्यक्रममा तीन हजार एक सय २५ पर्यटन मजदुरलाई राहत सामग्री उपलब्ध गराएको हो ।
कोरोना भाइरसका कारण समस्यामा परेका पर्यटन मजदुरहरूलाई राहत सामग्री वितरण गर्दै नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले आजदेखि कोरोनाका कारण समस्या परेका पर्यटन मदजुरहरूलाई राहत सामग्री उपलब्ध गराउन सुरु गरेको बताउनुभयो । उहाँले ढिलो गरेर सुरु भए पन...