काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल तीन विकेटले पराजित भएकाे छ ।
नेपालले दिएकाे एक सय ३७ रनकाे सामान्य लक्ष्य जिम्बावे 'ए' ले २७ ओभरमा सात विकेट गुमाएर भेटायाे । जिम्बावे ए 'का' लागि इनाेसेन्ट कायाले नटआउट ४८ रन बनाए । सेफास झुवाले ३२ र ब्राड इभान्सले नटआउट १७ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले दुई/दुई विकेट लिए । यस्तै साेमपाल कामी र सागर ढकालले एक/एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ ग...