सुर्खेत : कर्णाली प्रदेश पनि सरकार गठनका लागि आव्हान भएको छ। प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको हो।बिहीबार (आज) प्रदेश प्रमुख तिलक परियारले सात दिनको समय राखी यही पुस २७ गते बुधबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन्।नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान भएको हो।कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त ग