अहिले चितवन जिल्ला राजनीतिक चर्चाको केन्द्रबिन्दुमा छ । यसका तीन कारण छन् ः एक– नेकपा एमालेको दसौँ महाधिवेशन चितवनमा हुन लागेको छ । दुई– माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र यहीँ पर्छ र उनलाई हराउन केपी ओलीले कसरत थालेका छन् । यसका लागि प्रचण्डविरुद्ध चितवनमा बादललाई उतार्ने ओलीको तयारी छ । र, तीन– आगामी चुनावमा प्रचण्डलाई सघाउने कि आफैं चुनाव लड्ने भन्नेबारे काँग्रेसका जिल्ला नेताहरूले पनि हिसाब–किताब थालेका छन् । प्रचण्डले चितवनबाटै चुनाव लड्ने घोषणा गरिसकेका छन्