टी–२० विश्व कप : अस्ट्रेलियाले श्रीलङ्कालाई हरायाे

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह 'ए' काे खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएकाे छ । आज मङ्गलवार पर्थमा भएकाे खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हरायाे ।  श्रीलङ्काले दिएकाे एक सय ५८ रनकाे लक्ष्य अस्ट्रेलियाले १६ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायाे । उसका मार्कस स्टाेइनिसले १८ बलमा नटआउट ५९ र ग्लेन म्याक्सवेलले २३ रन बनाए । बलिङतर्फ धनन्जय डि सिल्भा, चमिका करुनारत्ने र महेश थिकसनाले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे...