आन्तरिक यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट निःशुल्क बस सेवा

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो। हाललाई प्राधिकरणका दुईवटा माइक्रोबसले सेवा सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले […]