काठमाडौं, ३० फागुन। चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड(सीसीपीआईटी)का उपाध्यक्ष चाङ साओहाङले नेपालमा लगानी र सहकार्यका लागि नयाँ व्यापारिक क्षेत्रहरुको पहिचान गरिरहेको बताएका छन्। मंगलवार राजधानीमा आयोजित नेपाल–चाइना बिजनेस फोरम–२०२३ लाई सम्बोधन गर्दै उनले स्वच्छ उर्जा,प्रविधि, विद्युतका क्षेत्रमा सहकार्य गर्ने सोच चीनले बनाएको जनाए। चीनले नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा राखेकाले नेपालको अर्थतन्त्र बिस्तार हुने विश्वास उनले व्यक्त गरे।